अँध्यारोमा एउटा बत्ती दुईटा छायाँ हाम्रो जीवन
बतासको सानो झोका हाम्रो माया हाम्रो मिलन

गोधुलीको गर्भबाट जन्मिएको कथा हाम्रो
गोधुलीको गर्भबाट जन्मिएको कथा हाम्रो
बेहोशी र विवशताको नतिजा हो व्यथा हाम्रो
अँध्यारोमा एउटा बत्ती दुईटा छायाँ हाम्रो जीवन
बतासको सानो झोका हाम्रो माया हाम्रो मिलन
असन्तुलित तराजुको झुलाई हो आश हाम्रो
असन्तुलित तराजुको झुलाई हो आश हाम्रो
सागर, नदी, तलाउको तिर्खा जस्तो प्यास हाम्रो
अँध्यारोमा एउटा बत्ती दुईटा छायाँ हाम्रो जीवन
बतासको सानो झोका हाम्रो माया हाम्रो मिलन
शब्दः राममान तृषित
संगीतः नातिकाजी
स्वरः तारा देवी र योगेश वैद्य