अब अर्पण गर्दछु जीवनको……

अब अर्पण गर्दछु जीवनको
सब भार प्रभुको पाउँमा
अब अर्पण गर्दछु जीवनको
सब भार प्रभुको पाउँमा
अब अर्पण गर्दछु जीवनको

यति बस्न परेमा बसौ भवमा
प्रभुको गुण किर्तन गाइ बसुँ
यति बस्न परेमा बसौ भवमा
प्रभुको गुण किर्तन गाइ बसुँ
गुण दोष सबै मेरो अर्पण होस्
गुण दोष सबै मेरो अर्पण होस्
सब कर्म प्रभुको पाउँमा
अब अर्पण गर्दछु जीवनको
सब भार प्रभुको पाउँमा
अब अर्पण गर्दछु जीवनको

यति जन्म भएमा जेमा बनुँ
तर तिम्रो चरणको प्रेमी बनुँ
यति जन्म भएमा जेमा बनुँ
तर तिम्रो चरणको प्रेमी बनुँ
प्रभु नाम कथा सुनी जीवन यो
प्रभु नाम कथा सुनी जीवन यो
अब अर्पण गर्दछु पाउँमा
अब अर्पण गर्दछु जीवनको
सब भार प्रभुको पाउँमा
अब अर्पण गर्दछु जीवनको

जब सम्म म बस्छु विश्वमा
केही आश नलिईकन कर्म गरूँ
जब सम्म बस्छु विश्वमा
केही आश नलिईकन कर्म गरूँ
श्री कृष्ण शरण भनी प्राण छुटोस्
श्री कृष्ण शरण भनी प्राण छुटोस्
श्री कृष्ण प्रभुको पाउँमा
अब अर्पण गर्दछु जीवनको
सब भार प्रभुको पाउँमा
अब अर्पण गर्दछु जीवनको

शब्दः गंगा प्रसाद
संगीत/स्वरः रत्नमान श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!