साउने खोला उर्लेर आउँदा
माछा मार्नु दुवाली छेकेर
माछा मार्नु दुवाली छेकेर
तर्की नजाऊ बैँसालु जोवन
म त आए तिमीलाई देखेर
म त आए तिमीलाई देखेर
गोठाला दाइले गोठैमा साऱ्यो रगनी पाखैमा
गोठाला दाइले गोठैमा साऱ्यो रगनी पाखैमा
एकलासे वनमा म गीत गाउँछु लैबरी भाकैमा
एकलासे वनमा म गीत गाउँछु लैबरी भाकैमा
साउने खोला उर्लेर आउँदा
माछा मार्नु दुवाली छेकेर
माछा मार्नु दुवाली छेकेर
सिमपानीमा बतास चल्यो घाम पनि लागेको
सिमपानीमा बतास चल्यो घाम पनि लागेको
मायालुलाई इशाराले आजै हो डाकेको
मायालुलाई इशाराले आजै हो डाकेको
साउने खोला उर्लेर आउँदा
माछा मार्नु दुवाली छेकेर
माछा मार्नु दुवाली छेकेर
हिमालको डाँफे चरी मैदानको मैना
हिमालको डाँफे चरी मैदानको मैना
यो हो गीत सम्झनेलाई बिर्सनेलाई होइन
यो हो गीत सम्झनेलाई बिर्सनेलाई होइन
साउने खोला उर्लेर आउँदा
माछा मार्नु दुवाली छेकेर
माछा मार्नु दुवाली छेकेर
तर्की नजाऊ बैँसालु जोवन
म त आए तिमीलाई देखेर
म त आए तिमीलाई देखेर
म त आए तिमीलाई देखेर
म त आए तिमीलाई देखेर
शब्द/सङ्गीत/स्वरः रचना जि.सि.