आऊ प्यार गरौँ
प्यार गरौँ, प्यार गरौँ
आऊ प्यार गरौँ
प्यार गरौँ, प्यार गरौँ
आऊ प्यार गरौँ
एकअर्काको सारा दुःखलाई
एकअर्काको सारा सुखलाई
आफ्नै जानी, आफ्नै ठानी स्वीकार गरौँ
प्यार गरौँ, प्यार गरौँ
आऊ प्यार गरौँ
सम बाटो होस् या ठाडो उकालो
मिलिजुलीकन हामी काटौँला
दुःख पाए दुःख, सुख पाए सुख
एकअर्कासँग साटौँला
एकअर्कासँग साटौँला
पथका डाँडा जीवन काँडा
सँगै पार गरौँ, पार गरौँ, प्यार गरौँ
आऊ प्यार गरौँ
टाढा गएर जहाँ कुनै मानिसको
धमिलो रूपको छायाँ नहोस्
टाढा गएर जहाँ कुनै मानिसको
धमिलो रूपको छायाँ नहोस्
धमिलो रूपको छायाँ नहोस्
रिसका कुरा, गीतका कुरा
दुईचार गरौँ, प्यार गरौँ, प्यार गरौँ
आऊ प्यार गरौँ
प्यार गरौँ, प्यार गरौँ
आऊ प्यार गरौँ
एकअर्काको सारा दुःखलाई
एकअर्काको सारा सुखलाई
आफ्नै जानी, आफ्नै ठानी स्वीकार गरौँ
प्यार गरौँ, प्यार गरौँ
आऊ प्यार गरौँ
शब्दः भूपि शेरचन
संगीतः शिवशङ्कर
स्वरः पुष्प नेपाली