आऊ नआऊ तिम्रो खुशी
म त सधैँ पर्खि रहुँला
म त सधैँ पर्खि रहुँला
आए पनि म हेरि रहुँला
गए पनि हेरि रहुँला
गए पनि हेरि रहुँला
कहिलेकाहीँ दृष्टि पनि म्वाइँभन्दा मीठो हुन्छ
कहिलेकाहीँ छायाँ पनि माया भन्दा न्यानो हुन्छ
कहिलेकाहीँ दृष्टि पनि म्वाइँभन्दा मीठो हुन्छ
कहिलेकाहीँ छायाँ पनि माया भन्दा न्यानो हुन्छ
तिम्रो बाटो छेक्दिनँ म, देख्नै मात्र पाए पुग्छ
आए पनि हेरि रहुँला, गए पनि हेरि रहुँला
आऊ नआऊ तिम्रो खुशी
म त सधै पर्खि रहुँला
म त सधै पर्खि रहुँला
वसन्तमा सबै फूल फुल्नै पर्छ भन्ने छैन
जिन्दगीमा सबले बाजी जित्नै पर्छ भन्ने छैन
वसन्तमा सबै फूल फुल्नै पर्छ भन्ने छैन
जिन्दगीमा सबले बाजी जित्नै पर्छ भन्ने छैन
तिम्रो चित्त खोस्दिनँ म, हातै मात्र पाए पुग्छ
आए पनि हेरि रहुँला, गए पनि हेरि रहुँला
आऊ नआऊ तिम्रो खुशी
म त सधैँ पर्खि रहुँला
म त सधैँ पर्खि रहुँला
म त सधैँ पर्खि रहुँला
शब्दः किरण खरेल
संगीतः नातिकाजी
स्वरः तारा देवी