आँशुहरू लुकाए पनि हामीले यहाँ हाँस्नै पर्छ
यो त जिन्दगीको रीत हो सबैले चुपचाप मान्नै पर्छ
सबैले चुपचाप मान्नै पर्छ
आँशुहरू लुकाए पनि
बिछोडका …. बुझिसक्यौ होली तिमी त्यहाँ
बिछोडका…. बुझिसक्यौ होली तिमी त्यहाँ समयको बाध्यताहरूले
समयको बाध्यताहरूले भिजिसकेको छु म यहाँ
बितेका सम्झनाहरूले रमाइरहेको छु म यहाँ
बितेका सम्झनाहरूले रमाइरहेको छु म यहाँ
परिस्थितिको लाञ्छनाहरूले
परिस्थितिको लाञ्छनाहरूले बदलिसक्यो कि तिमी त्यहाँ
आँशुहरू लुकाए पनि हामीले यहाँ हाँस्नै पर्छ
यो त जिन्दगीको रीत हो सबैले चुपचाप मान्नै पर्छ
सबैले चुपचाप मान्नै पर्छ
आँशुहरू लुकाए पनि
शब्दः विश्वम्भर प्याकुऱ्याल
संगीतः
स्वरः नेत्र बिनोद श्रेष्ठ