आशाको तार छिनेर जान्छ
जिन्दगी रित्त्याई, जिन्दगी रित्त्याई
प्रति दिन मेरा बेदना देख्छ
प्रति दिन मेरा बेदना देख्छ
मायाले निम्त्याई, मायाले निम्त्याई
आशाको तार छिनेर जान्छ
हर फूल फुलेर के भो
सुभाष भई दिए हुन्थ्यो
स्नेही दियो जलाऊँ कति
ननिभे बल्दिए हुन्थ्यो
अनेकौ इच्छा हर पलपलमा बिलाई गई दिन्छ
अनेकौ इच्छा हर पलपलमा बिलाई गई दिन्छ
झरेका आँशु हर थोपा थोपा
झरेका आँशु हर थोपा थोपा
सागर भई दिन्छ, सागर भई दिन्छ
आशाको तार छिनेर जान्छ
मनमा उठ्ने छालैछाल
निर्मल भई दिए हुन्थ्यो
निरस जीवन पीर कहिले
नखप्ने भई दिए हुन्थ्यो
के मेरा यस्तो अधुरो कथा सुनिदिने कोही छ
के मेरा यस्तो अधुरो कथा सुनिदिने कोही छ
गहिरिँदै जाने विरही व्यथा
गहिरिँदै जाने विरही व्यथा
बुझिदिने कोही छ, बुझिदिने कोही छ
आशाको तार छिनेर जान्छ
शब्दः भैरवनाथ रिमाल (कदम)
संगीतः शुभ बहादुर सुनाम
स्वरः प्रेमध्वज प्रधान