आँधी हुरी बतासहरूमा
फूल सबै नै झरिसकेछन्
आँधी हुरी बतासहरूमा
फूल सबै नै झरिसकेछन्
आँधी हुरी
विश्वास रोपेँ यो छातीभित्र
काँडा बनेर उम्रिदिएछ
विश्वास रोपेँ यो छातीभित्र
काँडा बनेर उम्रिदिएछ
हाँसुँ भन्थेँ तिमीलाई हेरेर
हेर्ने आँखा आँशु भरेछ
आँधी हुरी बतासहरूमा
फूल सबै नै झरिसकेछन्
आँधी हुरी
रत्न भनि यी टिपेको मैले
बिहानको आँशु शीत रहेछ
रत्न भनि यी टिपेको मैले
बिहानको आँशु शीत रहेछ
जीवन यो यहाँ सुन्दर होइन
व्यथाहरूको गीत रहेछ
आँधी हुरी बतासहरूमा
फूल सबै नै झरिसकेछन्
आँधी हुरी
शब्दः कुल सिंह रनपहेली
संगीत/स्वरः शान्ति ठटाल