आँधी आएजस्तै……..

आँधी आएजस्तै उनको याद आउँछ फेरि जान्छ
बत्तीहरू निभाइ जान्छ फूलहरू झरिजान्छ
आँधी आएजस्तै उनको याद आउँछ फेरि जान्छ
बत्तीहरू निभाइ जान्छ फूलहरू झरिजान्छ
आँधी आएजस्तै उनको

न त निश्चित दिशा नै छ न त निश्चित समय नै छ
न त यस्तो आगमनमा ठूलो प्रलय नै छ
न त निश्चित दिशा नै छ न त निश्चित समय नै छ
न त यस्तो आगमनमा ठूलो ठूलो प्रलय नै छ
खाली मनको आँगनमा धुलै धुलो पारिजान्छ
आँधी आएजस्तै उनको याद आउँछ फेरि जान्छ
बत्तीहरू निभाइ जान्छ फूलहरू झरिजान्छ
आँधी आएजस्तै उनको

सुखैसुखको बीचमा पनि यसले मलाई हाँस्न दिन्न
आफ्मै मुटु ढुकढुकीलाई छातीभित्र टास्न दिन्न
सुखैसुखको बीचमा पनि यसले मलाई हाँस्न दिन्न
आफ्मै मुटु ढुकढुकीलाई छातीभित्र टास्न दिन्न
विवशताको भुमरीमा एक्लै एक्लै छाडी दिन्छ
आँधी आएजस्तै उनको याद आउँछ फेरि जान्छ
बत्तीहरू निभाइ जान्छ फूलहरू झरिजान्छ
आँधी आएजस्तै उनको याद आउँछ फेरि जान्छ
बत्तीहरू निभाइ जान्छ फूलहरू झरिजान्छ
आँधी आएजस्तै उनको

शब्दः राममान तृषित
संगीतः नातिकाजी
स्वरः प्रकाश श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!