आँखामा तिम्रो सौन्दर्य सबै आँखैमा जवानी
आँखामा तिम्रो सौन्दर्य सबै आँखैमा जवानी
आँखामा तिम्रो मुटुको छायाँ तृष्णाको निशानी
तिमीले मलाई चाहन्छौ तिम्रो आँखाले भन्दछ
तिमीले मलाई चाहन्छौ तिम्रो आँखाले भन्दछ
यो मेरो तस्वीर सधैँ नै तिम्रो आँखामा बन्दछ
आँखैमा आई लौ देखा पर्छ मायाको कहानी
आँखामा तिम्रो सौन्दर्य सबै आँखैमा जवानी
आँखामा तिम्रो मुटुको छायाँ तृष्णाको निशानी
मोहनी लाउँछौ ती आँखा जुधाई लाजले हाँसेर
मोहनी लाउँछौ ती आँखा जुधाई लाजले हाँसेर
आउँछौ नगिच ती आँखा झुकाई मुटुमै टाँसेर
देख्दैन मेरो आँखाले तिम्रो आँखाले नमानी
आँखामा तिम्रो सौन्दर्य सबै आँखैमा जवानी
आँखामा तिम्रो सौन्दर्य सबै आँखैमा जवानी
आँखामा तिम्रो मुटुको छायाँ तृष्णाको निशानी
शब्दः राममान तृषित
संगीतः नातिकाजी
स्वरः सि. पि. लाेहनी