आँखामा तिमी छौ
मुटुमा तिमी छौ
जीवनमा तिमी छौ
म जे छु जस्तो छु
मेरो धड्कनमा तिमी छौ
आँखामा तिमी छौ
सोच्न खोज्छु कुराहरू लाग्छ विचारमा तिमी नै छौ
बोल्न खोज्छु बोली अलि अलि मेरो भाषामा तिमी नै छौ
यता उता जताततै यो कोठा चोटा तिमी नै छौ
आँखामा तिमी छौ
मुटुमा तिमी छौ
जीवनमा तिमी छौ
म जे छु जस्तो छु
मेरो धड्कनमा तिमी छौ
आँखामा तिमी छौ
खुशीले जब ओठ खुल्दछन् लाग्छ मुस्कानभरि तिमी नै छौ
उदास आँखा रसाउँदा मेरो आँशुभरि तिमी नै छौ
यस्तो लाग्छ मेरो श्वास यो बतास अनि वातावरणमा तिमी नै तिमी छौ
आँखामा तिमी छौ
मुटुमा तिमी छौ
जीवनमा तिमी छौ
म जे छु जस्तो छु
मेरो धड्कनमा तिमी छौ
आँखामा तिमी छौ
शब्दः डा. जनार्दन सुवेदी
संगीतः दिपक जंगम
स्वरः दिपक खरेल