आँखामा मेरो छाइरहेको बादल फाटेन
आँखामा मेरो छाइरहेको बादल फाटेन
सेरो र फेरो गुम्सिरहेको अँध्यारो भागेन
आँखामा मेरो छाइरहेको बादल फाटेन
तुफान चल्छ यो मनभित्र लाग्दछ बाडुली
तुफान चल्छ यो मनभित्र लाग्दछ बाडुली
यो तन जल्छ नजिक किन बस्दछ न्याउली
आँखामा मेरो छाइरहेको बादल फाटेन
अल्झिदै जान्छ मुटुको गाँठो फुक्दैन फुकाई
अल्झिदै जान्छ मुटुको गाँठो फुक्दैन फुकाई
गालामै जम्छ आँशुको टाटो लुक्दैन लुकाई
आँखामा मेरो छाइरहेको बादल फाटेन
तुवालो खेल्छ आकाशभरि पखेँटा फिजाई
तुवालो खेल्छ आकाशभरि पखेँटा फिजाई
उज्यालो रून्छ निश्वास छोडी परेला भिजाई
आँखामा मेरो छाइरहेको बादल फाटेन
सेरो र फेरो गुम्सिरहेको अँध्यारो फाटेन
आँखामा मेरो छाइरहेको बादल फाटेन
शब्दः रत्न शम्शेर थापा
सङ्गीतः अम्बर गुरूङ
स्वरः अरूणा लामा