आँखाको नीँद खोसी लाने
हृदयको तरङ्ग छेडिजाने
तिमीलाई के सजाय दिऊँ
कि सधैँलाई बाधिदिऊँ
आँखाको नीँद खोसी लाने
बहकिदै थिएँ मदहोश भएर
बहकिदै थिएँ मदहोश भएर
थामिएछु तिम्रो आभाष पाएर
थामिएछु तिम्रो आभाष पाएर
मोहनी मन त तिम्रै नाम भनि लेखिदिऊँ
आँखाको नीँद खोसी लाने
हृदयको तरङ्ग छेडिजाने
तिमीलाई के सजाय दिऊँ
कि सधैँलाई बाधिदिऊँ
आँखाको नीँद खोसी लाने
निरस निरस थिएँ यी मेरा आँखाहरू
निरस निरस थिएँ यी मेरा आँखाहरू
रसिएछन् तिम्रो मुस्कान पाएर
रसिएछन् तिम्रो मुस्कान पाएर
भन्छौ नै भने परेलीभित्र लुकाइदिऊँ
आँखाको नीँद खोसी लाने
हृदयको तरङ्ग छेडिजाने
तिमीलाई के सजाय दिऊँ
कि सधैँलाई बाधिदिऊँ
आँखाको नीँद खोसी लाने
शब्दः विक्रम गुरूङ
संगीत/स्वरः अरूण थापा