आँखैमा कसैको तस्वीर बसेछ
आँखैमा कसैको तस्वीर बसेछ
तस्वीर बनेको छ मायाको नमेटिने रङ्गले
यो मन कसैको रूपमा फसेछ
यो मन कसैको रूपमा फसेछ
सपनीमा जस्तै अनयासै नजानिदो ढङ्गले
आँखैमा कसैको तस्वीर बसेछ
के भन्छ मुटुको ढुकढुकीले
के भन्छ मुटुको ढुकढुकीले
सायद तिम्रै नाम लिदैछ
सायद तिम्रै नाम लिदैछ
चोखो मायाको बन्धनलाई
चोखो मायाको बन्धनलाई
दिगो राख्ने विश्वास दिँदै छ
दिगो राख्ने विश्वास दिँदै छ
आँखैमा कसैको तस्वीर बसेछ
मिलिजुली हे हे झिलिमिली
मिलिजुली हे हे झिलिमिली
जीवनको बत्ति बालुँ कि
जीवनको बत्ति बालुँ कि
विश्वभरिको ईश्वर अगाडि
विश्वभरिको ईश्वर अगाडि
सिउँदोमा सिन्दुर हालुँ कि
सिउँदोमा सिन्दुर हालुँ कि
आँखैमा कसैको तस्वीर बसेछ
आँखैमा कसैको तस्वीर बसेछ
तस्वीर बनेको छ मायाको नमेटिने रङ्गले
यो मन कसैको रूपमा फसेछ
यो मन कसैको रूपमा फसेछ
सपनीमा जस्तै अनयासै नजानिदो ढङ्गले
आँखैमा कसैको तस्वीर बसेछ
आँखैमा कसैको तस्वीर बसेछ
आँखैमा कसैको तस्वीर बसेछ
आँखैमा कसैको तस्वीर बसेछ
आँखैमा कसैको तस्वीर बसेछ
आँखैमा कसैको तस्वीर बसेछ
शब्दः नीर शाह
सङ्गीतः शम्भुजीत बास्कोटा
स्वरः मीरा राणा र नारायण गोपाल
चलचित्रः माया