आँखैभरि………

आँखैभरि दुई ओठैभरि
मायालुको माया बस्यो छातीभरि
मायालुको माया बस्यो छातीभरि
रातभरि ओ दिनैभरि
दर्शनको प्यास बस्यो जिन्दगीभरि
दर्शनको प्यास बस्यो जिन्दगीभरि

चन्द्रमा र चखेवाझै हाम्रो भेट हुन्छ
कमल र भमराझै हाम्रो कुरा हुन्छ
चन्द्रमा र चखेवाझै हाम्रो भेट हुन्छ
कमल र भमराझै हाम्रो कुरा हुन्छ
उसको मेरो मिलनमा सुखै सुख हुन्छ
उसको मेरो मिलनमा सुखै सुख हुन्छ
आशै गरी विश्वासै गरी
उसको मलाई आश बस्यो सधैभरि
दर्शनको प्यास बस्यो जिन्दगीभरि

एउटा मुटु दुईटा पारी दुईटा हामी हुन्छौ
विषभरि प्याला दिए सँगसँगै पिउँछौ
एउटा मुटु दुईटा पारी दुईटा हामी हुन्छौ
विषभरि प्याला दिए सँगसँगै पिउँछौ
एउटै छहारीको मुनि जीवन बिताई दिन्छौ
एउटै छहारीको मुनि जीवन बिताई दिन्छौ
लेकभरि हो ओ बेसीभरि
उसको मेरो प्रीति फुल्यो संसारै
दर्शनको प्यास बस्यो जिन्दगीभरि
आँखैभरि

शब्द/संगीत/स्वरः बच्चु कैलाश

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!