आँखाहरूमा चाह अल्झिँदा सोचेको बाटो बदलिन सक्छ
विश्वासले मुटु जितेको बेला मनै त हो बहकिन सक्छ
आँखाहरूमा
यात्रा अझै (यात्रा अझै) सकिएको छैन
सोचेको ठाउँ (यात्रा) थपिन सक्छ
तिमीले नचाहेका कति अनुहार मनले जितेर चिनिन सक्छ
तिमीले नचाहेका कति अनुहार मनले जितेर चिनिन सक्छ
आँखाहरूमा
मिलनमा (मिलनमा) बहकिन छाती
बिछोडमा (बिछोडमा) कहालिन सक्छ
तिमीले नचाहेका कति अनुहार मनले जितेर चिनिन सक्छ
तिमीले नचाहेका कति अनुहार मनले जितेर चिनिन सक्छ
आँखाहरूमा चाह अल्झिँदा सोचेको बाटो बदलिन सक्छ
विश्वासले मुटु जितेको बेला मनै त हो बहकिन सक्छ
आँखाहरूमा
शब्दः विश्वम्भर प्याकुऱ्याल
संगीत/स्वरः दीप श्रेष्ठ