आँखाभरि लुकाइ………

आँखाभरि लुकाइ नराख आकाशभन्दा ठूलो माया
आँखाभरि लुकाइ नराख आकाशभन्दा ठूलो माया
आँखाभित्र पोखी नराख सागरभन्दा गहिरो मायालाई
सागरभन्दा गहिरो मायालाई
सागरभन्दा गहिरो मायालाई

रेखा जति कोरे पनि लुकिँदैन माया
माया जति गरे पनि सकिँदैन माया
रेखा जति कोरे पनि लुकिँदैन माया
माया जति गरे पनि सकिँदैन माया
मुटुभित्र जमाइ नराख पहाडभन्दा अग्लो मायालाई
हत्केलामा समाइ नराख हिमालभन्दा सङ्ग्लो मायालाई
हिमालभन्दा सङ्ग्लो मायालाई
हिमालभन्दा सङ्ग्लो मायालाई

माया भन्नु एउटा रैछ मान्छे थरिथरि
बाँधहरूले थुने पनि बग्छ विश्वभरि
माया भन्नु एउटा रैछ मान्छे थरिथरि
बाँधहरूले थुने पनि बग्छ विश्वभरि
सीमानाले छेकी नराख नछेकिने असिम मायालाई
सीमानाले छेकी नराख नछेकिने असिम मायालाई
पहिचानले टेकी नराख नमेटिने अमर मायालाई
नमेटिने अमर मायालाई
नमेटिने अमर मायालाई
सागरभन्दा गहिरो मायालाई
हिमालभन्दा सङ्ग्लो मायालाई
नमेटिने अमर मायालाई
नमेटिने अमर मायालाई
नमेटिने अमर मायालाई

शब्दः क्षेत्रप्रताप अधिकारी
सङ्गीतः दान प्रसाद गिरी
स्वरः राम थापा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!