आँखा जुध्छ कहिलेकाहीँ दोष मेरो होइन
बोलेकी छु कहिलेकाहीँ होस मेरो छैन
स्वर्गबाट झरेकी म उर्वशी त होइन
हिमालकी छोरी अनि पार्वती त होइन
शशीसँग हाँसी खेल्ने तारा पनि होइन
रविसँग प्रीति गाँस्ने शीत पनि होइन
आँखा जुध्छ कहिलेकाहीँ दोष मेरो होइन
बोलेकी छु कहिलेकाहीँ होस मेरो छैन
बतासले चुम्मिएको कोपिला म होइन
ढुंगामाथि चढाइएको फूल पनि होइन
मेरै गीत गाउनु किन म मात्र होइन
मायालु छन् कति यहाँ चोखो माया छैन
आँखा जुध्छ कहिलेकाहीँ दोष मुरो होइन
बोलेकी छु कहिलेकाहीँ होस मेरो छैन
शब्दः गौरी नेवा
संगीत/स्वरः कोइली देवी