आकाशबाट म उडी आउने थिएँ नभुलि
तिमीले मलाई प्रीत दिए एकफेर मात्रै डाकिदिए
एकलासे वन एक्लो छ मन जीवन बग्दो पानी
एकलासे वन एक्लो छ मन जीवन बग्दो पानी
टुट्दो एक कहानी अनि झर्दो एक जवानी
तिमीले मेरो हात थामिदिए
वचन मानिदिए हाँस्थ्यो कि जिन्दगानी
मुटुको धड्कन बनेर यौवनको तड्पन बनेर
तिमीले ममा छाइदिए स्वपन बनेर आइदिए
आउँला म एकदिन तिमीलाई खोज्न रोज्न फूलको माझमा
आउँला म एकदिन तिमीलाई खोज्न रोज्न फूलको माझमा
थाकी घाममा बास बस्न साँझमा
तिमीले मलाई रुने ठाऊँ दिए लुक्ने ठाऊँ दिए
घुम्टोको बीचमा
जुनेली रात हेरेर आँगनमा एक्लै बसेर
तिमीले मलाई सम्झिदिए सम्झेर केही छिन रोइदिए
शब्दः शान्ति सिंह
संगीत/स्वरः बच्चु कैलाश