आकाशका तिरमिरे तारा म गन्न सक्दिनँ
मनको कुरो मुखमा ल्याइ म भन्न सक्दिनँ
आकाशका तिरमिरे तारा म गन्न सक्दिनँ
साउने झरी ढुंगेलो बाटो बिर्सिन सक्दिनँ
साउने झरी ढुंगेलो बाटो बिर्सिन सक्दिनँ
बिर्सेर पनि त्यो दिन आज बिर्सिन सक्दिनँ
आकाशका तिरमिरे तारा म गन्न सक्दिनँ
धाराको कुना निरको भेट म भन्न सक्दिनँ
धाराको कुना निरको भेट म भन्न सक्दिनँ
झरीको पछि लागेको जून बिर्सिन सक्दिनँ
जुनिलो छायाँ मायालु उमेर म भन्न सक्दिनँ
जुनिलो छायाँ मायालु उमेर म भन्न सक्दिनँ
हातमा हात परेको बेला बिर्सिन सक्दिनँ
आकाशका तिरमिरे तारा म गन्न सक्दिनँ
मनको कुरो मुखमा ल्याइ म भन्न सक्दिनँ
आकाशका तिरमिरे तारा म गन्न सक्दिनँ
शब्दः म.बि.बि. शाह
संगीतः हेमन्त कुमार
स्वरः लता मंगेशकर