आजकल म पिरतीलाई…..

आजकल म पिरतीलाई टिपेर भन्छु
जसको छायाँमा कही शान्ति छैन
कही चैन छैन
आजकल म पिरतीलाई टिपेर भन्छु
जसको छायाँमा कही शान्ति छैन
कही चैन छैन

सब जाडो मान्छन्, हामीलाई पोल्छ
सब पाप भन्छन्, हामी धर्म भन्छौ
सब जाडो मान्छन्, हामीलाई पोल्छ
सब पाप भन्छन्, हामी धर्म भन्छौ
कसलाई बुझाउने कसलाई सुनाउने
कसलाई बुझाउने कसलाई सुनाउने
म एक्लोलाई घोच्न हजार काडाँ हुन्छन्
महाजाल हुन्छन्
आजकल म यौवनलाई एक श्राप भन्छु
जहाँदेखि भाग्ने कुनै बाटो छैन
कुनै ठाउँ छैन

मैले खेल्ने फूल सब सिस्नु भन्छन्
मैले चुम्ने ओठ सब विष भन्छन्
मेरो हिँड्ने बाटो नरक पो भन्छन्
मुटु घात गर्नु मेरो धर्म भन्छन्
मेरो कर्म भन्छन्
आजकल म आफैँलाई पराया भन्छु
जसको कलेजा मेरो जस्तो छैन
मजस्तो छैन
आजकल म पिरतीलाई टिपेर भन्छु
जसको छायाँमा कही शान्ति छैन
कही चैन छैन

शब्द/सङ्गीतः गोपाल योञ्जन
स्वरः रीमा गुरुङ होडा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!