आजकल म पिरतीलाई ती पीर भन्छु
जसको छायाँमा कही शान्ति छैन
केही चैन छैन
आजकल म पिरतीलाई ती पीर भन्छु
जसको छायाँमा कही शान्ति छैन
केही चैन छैन
सब जाडो मान्छन्, हामीलाई पोल्छ
जब पाप भन्छन्, हामी धर्म भन्छौ
सब जाडो मान्छन्, हामीलाई पोल्छ
जब पाप भन्छन्, हामी धर्म भन्छौ
कसलाई बुझाउने? कसलाई सुनाउने?
कसलाई बुझाउने? कसलाई सुनाउने?
म एक्लोलाई घोच्न हजार काडाँ हुन्छन्
महाजाल हुन्छन्
आजकल म यौवनलाई एक श्राप भन्छु
जहाँदेखि भाग्ने कुनै बाटो छैन
कुनै ठाउँ छैन
आजकल म पिरतीलाई
मैले खिल्ने फूल सब सिस्नु भन्छन्
मैले चुम्ने ओठमा सब विष भर्छन्
मैले खिल्ने फूल सब सिस्नु भन्छन्
मैले चुम्ने ओठमा सब विष भर्छन्
मेरो हिँड्ने बाटो नरक पो हो भन्छन्
मुटु घात गर्नु मेरो धर्म भन्छन्
मेरो कर्म भन्छन्
आजकल म आफैँलाई पराई भन्छु
जसको कलेजा मेरो जस्तो छैन
मजस्तो छैन
आजकल म पिरतीलाई ती पीर भन्छु
जसको छायाँमा कही शान्ति छैन
केही चैन छैन
आजकल म पिरतीलाई
शब्द/सङ्गीतः गोपाल योञ्जन
स्वरः दिलमाया खाती