आज म धेरै दिनपछि……..

आज म धेरै दिनपछि लिएर उपहार आएको छु
यो दुनियाँमा तिम्रै लागि बनेर गीत गाएको छु
आज म धेरै दिनपछि

अँगालेर छायाँ तिमीले नराखी
यो मेरो योवन के हुने होला
सँगालेर माया तिमीले नडाकी
यो मेरो जीवन के हुने होला
उजाड तिम्रो धर्तीमा फेरि बनेर बहार आएको छु
आज म धेरै दिनपछि

तिमीले सधैँ हाँसेर नडाके
यो मेरो प्रीत के हुने होला
तिमीले माया साँचेर नराखे
यो मेरो गीत के हुने होला
तिम्रो मीठो स्वरमा आज बनेर झन्कार आएको छु
आज म धेरै दिनपछि लिएर उपहार आएको छु
यो दुनियाँमा तिम्रै लागि बनेर गीत गाएको छु
आज म धेरै दिनपछि

शब्दः रविन्द्र शाह
संगीतः हुतराज शर्मा
स्वरः योगेश वैद्य र सुशिला कंसकार

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!