आजभोलि देख्दिनँ म तिनी कता गइन्
राति त्यतै सिरानी होस् तिनी जता गइन्
आजभोलि देख्दिनँ म तिनी कता गइन्
राति त्यतै सिरानी होस् तिनी जता गइन्
हिमचुलीमा एउटा घाम बेसी एउटा छायाँ
देखादेख भएको मात्र नबोलेको माया
हिमचुलीमा एउटा घाम बेसी एउटा छायाँ
देखादेख भएको मात्र नबोलेको माया
मेरो झ्याँल त्यतै खुलोस् तिनी जता गइन्
राति त्यतै सिरानी होस् तिनी जता गइन्
बतासले बगाइ ल्याउने छहाराको ध्वनि
त्यही ध्वनिझै फर्की गइन् मनमा के के गुनी
बतासले बगाइ ल्याउने छहाराको ध्वनि
त्यही ध्वनिझै फर्की गइन् मनमा के के गुनी
मेरो बंशी त्यतै बजोस् तिनी जता गइन्
राति त्यतै सिरानी होस् तिनी जता गइन्
तिनी मेरो सम्झनामा रूप मात्र शेष
नाम थाहा छैन मलाई जाऊँ कुन देश
मेरो हंस त्यतै उडोस् तिनी जता गइन्
राति त्यतै सिरानी होस् तिनी जता गइन्
आजभोलि देख्दिनँ म तिनी कता गइन्
राती त्यतै सिरानी होस् तिनी जता गइन्
राति त्यतै सिरानी होस् तिनी जता गइन्
राति त्यतै सिरानी होस् तिनी जता गइन्
शब्दः माधव प्रसाद घिमिरे
सङ्गीतः नातिकाजी
स्वरः पुष्प नेपाली, फत्तेमान राजभण्डारी