आईमाईको दौतरी जातै नहुने
आईमाईको दौतरी जातै नहुने
सानो कुरा पायो कि त आकाश पाताल छुने
सानो कुरा पायो कि त आकाश पाताल छुने
फेरि केही भन्न हुन्न गाँठे
केही भन्न हुन्न गाँठे धुरुधुरु रुने
ए रुने, औ रुने
कैले गुन्यु, कैले चोलो, कैले लाछा धागो
कैले गुन्यु, कैले चोलो, कैले लाछा धागो
जसरी नै किन्नै पर्छ नत्र मुखै बाङ्गो
जसरी नै किन्नै पर्छ नत्र मुखै बाङ्गो
भने जस्तो भएन कि त फ्याँक्छन् डालो नाङ्लो
भने जस्तो भएन कि त फ्याँक्छन् डालो नाङ्लो
फेरि केही भन्न हुन्न गाँठे
केही भन्न हुन्न गाँठे घरै पार्छन् नाङ्गो
ए नाङ्गो, औ नाङ्गो
मीठो खाने राम्रै लाउने जस्तो तस्तो हुन्न
मीठो खाने राम्रै लाउने जस्तो तस्तो हुन्न
केही भन्यो कि एउटा कुरा भइँमै खस्न दिन्न
केही भन्यो कि एउटा कुरा भइँमै खस्न दिन्न
घुर्की लाउँदा नभएमा थाल्छन् जालो बुन्न
घुर्की लाउँदा नभएमा थाल्छन् जालो बुन्न
फेरि केही भन्न हुन्न गाँठे
केही भन्न हुन्न गाँठे भन्छन् तँलाई छुन्न
अब छुन्न, छुँदै छुन्न
आईमाईको दौतरी जातै नहुने
आईमाईको दौतरी जातै नहुने
सानो कुरा पायो कि त आकाश पाताल छुने
सानो कुरा पायो कि त आकाश पाताल छुने
फेरि केही भन्न हुन्न गाँठे
केही भन्न हुन्न गाँठे धुरुधुरु रुने
ए रुने, औ रुने
ए रुने, औ रुने
ए रुने, औ रुने
शब्द/सङ्गीतः नविन किशोर राई
स्वरः वि. के. राना र नविन किशोर राई