आफ्नो भन्नु कोही छैन
जिन्दगी भो कथाजस्तो
आँशुको त मोलै छैन
पानी मात्र पोखेजस्तो
पानी मात्र पोखेजस्तो
बितेका ती सम्झनाले आश पनि तर्सि जान्छ
बितेका ती सम्झनाले आश पनि तर्सि जान्छ
के भो के भो
के भो के भो कहिलेकाहीँ विश्वासले बिर्सी जान्छ
आफ्नो भन्नु कोही छैन
जिन्दगी भो कथाजस्तो
तिमीसँग बाँच्ने इच्छा सपना नै भई गयो
तिमीसँग बाँच्ने इच्छा सपना नै भई गयो
मेरो लागि मेरो नजिक आउँदै नआई वसन्त नै गई गयो
आफ्नो भन्नु कोही छैन
जिन्दगी भो कथाजस्तो
शब्दः उत्तम श्रेष्ठ
संगीतः चन्द्रराज शर्मा
स्वरः माणिक रत्न