आफन्तको मनमा पनि पराई बस्दो रैछ
आफन्तको मनमा पनि पराई बस्दो रैछ
मिलनको कोठाभित्र पर्दा हुँदो रैछ
मान्छेलाई चिन्न अति गाह्रो हुँदो रैछ
गाह्रो हुँदो रैछ
आफन्तको मनमा पनि पराई बस्दो रैछ
बेला मौका छोप्ने मान्छे नजिक नजिक हुन्छ
बेला मौका छोप्ने मान्छे नजिक नजिक हुन्छ
आफ्नो स्वार्थ पूरा गरी टाढा टाढा हुन्छ
मान्छेभित्र नपत्याउँदो ढुंगो हुँदो रैछ
आफन्तको मनमा पनि पराई बस्दो रैछ
आफ्नै आँखा वरिपरि अँध्यारो पो रैछ
आफ्नै आँखा वरिपरि अँध्यारो पो रैछ
नबुझेरै जिन्दगीको बाटो हिँडिएछ
फर्कि हेर्दा आफ्नो भन्ने अन्तै मोडिएछ
आफन्तको मनमा पनि पराई बस्दो रैछ
आफन्तको मनमा पनि पराई बस्दो रैछ
मिलनको कोठाभित्र पर्दा हुँदो रैछ
मान्छेलाई चिन्न अति गाह्रो हुँदो रैछ
गाह्रो हुँदो रैछ
आफन्तको मनमा पनि पराई बस्दो रैछ
शब्दः दामोदर घिमिरे
संगीतः गणेश परियार
स्वरः तारा देवी