मैना ए मैना तेरो कोही पनि आफ्नो छैन
मैना ए मैना तेरो कोही पनि आफ्नो छैन
तँलाई मान्छेले पिँजडामा थुनिराखेको
तँलाई मान्छेले पिँजडामा थुनिराखेको
मैना ए मैना तेरो आफ्नै जीवन छैन
मैना ए मैना तेरो आफ्नै जीवन छैन
तँलाई जिन्दगीको जन्जीरले बाँधिराखेको
तँलाई जिन्दगीको जन्जीरले बाँधिराखेको
उड्ने रहर कति होला त्यो चरीलाई वन
कति छाती पोल्दो होला कति रोला मन
उड्ने रहर कति होला त्यो चरीलाई वन
कति छाती पोल्दो होला कति रोला मन
मिर्मिरेको शीतको थोपा झुल्के घामको ऐना
एक्लै रुन लेख्या रे’छ कठै तँलाई मैना
कठै तँलाई मैना
मैना ए मैना तेरो कोही पनि आफ्नो छैन
तँलाई मान्छेले पिँजडामा थुनिराखेको
तँलाई जिन्दगीको जन्जीरले बाँधिराखेको
कुन्जिएर बस्नु पर्ने कस्तो तेरो कर्म
मनैमनमा गुम्स्यो होला तेरो मनको मर्म
कुन्जिएर बस्नु पर्ने कस्तो तेरो कर्म
मनैमनमा गुम्स्यो होला तेरो मनको मर्म
बुझ्ने कसले तेरो पीडा वनकी प्यारी चरी
कसले भन्ला संसारमा तँलाई कठैबरी
तँलाई कठैबरी
मैना ए मैना तेरो कोही पनि आफ्नो छैन
मैना ए मैना तेरो कोही पनि आफ्नो छैन
तँलाई मान्छेले पिँजडामा थुनिराखेको
तँलाई मान्छेले पिँजडामा थुनिराखेको
मैना ए मैना तेरो आफ्नै जीवन छैन
तँलाई जिन्दगीको जन्जीरले बाँधिराखेको
तँलाई मान्छेले पिँजडामा थुनिराखेको
शब्दः डा. भोला रिजाल
सङ्गीतः शम्भुजीत बास्कोटा
स्वरः उदित नारायण झा
चलचित्रः लक्ष्मीपूजा