गोठालो जाँदा लाएको माया खेतालो जाँदा फुलेछ
पोखरा जाँदा गाएको माया काठमाडौँ जाँदा भुलेछ
निष्ठुरी मायालु, निष्ठुरी मायालु
गोठालो जाँदा लाएको माया खेतालो जाँदा फुलेछ
पोखरा जाँदा गाएको माया काठमाडौँ जाँदा भुलेछ
निष्ठुरी मायालु, निष्ठुरी मायालु
सा रे ध रे सा रे सा
रे म रे ध प ध प
बाटो त टाढा थिएन तर मन धेरै टाढा भएछ
बाटो त टाढा थिएन तर मन धेरै टाढा भएछ
रोधीको रानो छोडेर मौरी
रोधीको रानो छोडेर मौरी नौ डाँडा काटी गएछ
निष्ठुरी मायालु, निष्ठुरी मायालु
पुरानो माया फाटेर हो कि विरानो माया रोजेको?
पुरानो माया फाटेर हो कि विरानो माया रोजेको?
माया त बुढो हुँदैन हजुर
माया त बुढो हुँदैन हजुर बिर्सन हो कि खोजेको?
निष्ठुरी मायालु, निष्ठुरी मायालु,
गोठालो जाँदा लाएको माया खेतालो जाँदा फुलेछ
पोखरा जाँदा गाएको माया काठमाडौँ जाँदा भुलेछ
निष्ठुरी मायालु, निष्ठुरी मायालु
निष्ठुरी मायालु, निष्ठुरी मायालु
निष्ठुरी मायालु निष्ठुरी मायालु
शब्दः क्षेत्रप्रताप अधिकारी
सङ्गीतः शिलाबहादुर मोक्तान
स्वरः कुन्ती मोक्तान