आँखाभरि लुकाइ………

आँखाभरि लुकाइ नराख आकाशभन्दा ठूलो माया
आँखाभरि लुकाइ नराख आकाशभन्दा ठूलो माया
आँखाभित्र पोखी नराख सागरभन्दा गहिरो मायालाई
सागरभन्दा गहिरो मायालाई
सागरभन्दा गहिरो मायालाई

रेखा जति कोरे पनि लुकिँदैन माया
माया जति गरे पनि सकिँदैन माया
रेखा जति कोरे पनि लुकिँदैन माया
माया जति गरे पनि सकिँदैन माया
मुटुभित्र जमाइ नराख पहाडभन्दा अग्लो मायालाई
हत्केलामा समाइ नराख हिमालभन्दा सङ्ग्लो मायालाई
हिमालभन्दा सङ्ग्लो मायालाई
हिमालभन्दा सङ्ग्लो मायालाई

माया भन्नु एउटा रैछ मान्छे थरिथरि
बाँधहरूले थुने पनि बग्छ विश्वभरि
माया भन्नु एउटा रैछ मान्छे थरिथरि
बाँधहरूले थुने पनि बग्छ विश्वभरि
सीमानाले छेकी नराख नछेकिने असिम मायालाई
सीमानाले छेकी नराख नछेकिने असिम मायालाई
पहिचानले टेकी नराख नमेटिने अमर मायालाई
नमेटिने अमर मायालाई
नमेटिने अमर मायालाई
सागरभन्दा गहिरो मायालाई
हिमालभन्दा सङ्ग्लो मायालाई
नमेटिने अमर मायालाई
नमेटिने अमर मायालाई
नमेटिने अमर मायालाई

शब्दः क्षेत्रप्रताप अधिकारी
सङ्गीतः दान प्रसाद गिरी
स्वरः राम थापा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!