हे मनमोहन…….

हे मनमोहन मुरलीवाला
हे मनमोहन मुरलीवाला
धोइदेऊ मनका काला
धोइदेऊ मनका काला
हे मनमोहन मुरलीवाला
हे मनमोहन मुरलीवाला

मुखले भाव यो सपना भन्छु
मनले बहुधा भेद म गर्छु
मोहित गर्छे माया रजनी
धनजन सारी हे नन्दलाला
हे मनमोहन मुरलीवाला

क्षणभङ्गुर यो देह म भन्छु
मनले यही नै शाश्वत गुन्छु
क्षणभङ्गुर यो देह म भन्छु
मनले यही नै शाश्वत गुन्छु
किन भो यस्तो हृदय बासी
मन मुखको यो चाल निराला
हे मनमोहन मुरलीवाला

घटघट बासी ईश्वर भन्छु
आफ्नो घटमा बिर्को कस्छु
खोजी गर्छु रनवन सारा
भक्ति पथको पाउ उज्याला
हे मनमोहन मुरलीवाला
धोइदेऊ मनका काला
धोइदेऊ मनका काला
हे मनमोहन मुरलीवाला
हे मनमोहन मुरलीवाला

शब्दः राममान तृषित
संगीत/स्वरः भक्तराज आचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!