बहकिँदो मन तँ बहकी नजा
मायाको देश कहाँ छ कहाँ
आश नदेखा ए चञ्चल हावा
लहलह यो फूलमा छ फुलेको के
टहटह यो जूनमा छ मिलेको के
लहलह यो फूलमा छ फुलेको के
टहटह यो जूनमा छ मिलेको के
कलकल खोला चुल्बुल यो मन
आखिर मैले छ पाएको के
आँखामा आँशु छ मनमा व्यथा
आश नदेखा ए चञ्चल हावा
पलपल यो बादलको बदलिदाे रुप
खलबल गगनमा यो मनमा छ खुब
पलपल यो बादलको बदलिदाे रुप
खलबल गगनमा यो मनमा छ खुब
टाढाको माया नजिकै छायाँ
चोट छ दिलमा छ यो ओठ चुप
यही नै हो मेरो जीवन कथा
आश नदेखा ए चञ्चल हावा
बहकिँदो मन तँ बहकी नजा
मायाको देश कहाँ छ कहाँ
आश नदेखा ए चञ्चल हावा
शब्द/संगीत/स्वरः बच्चु कैलाश