माया माया भन्छन् सबै, माया भन्ने के हो
म त भन्छु माया सुख दुःख मिसिएको सागर हो माया माया भन्छन् सबै
किनेर यो किनिदैन, बेचेर यो बेचिदैन
मुटुभित्र लेखिन्छ नि, मेटेर यो मेटिदैन
किनेर यो किनिदैन, बेचेर यो बेचिदैन
मुटुभित्र लेखिन्छ नि, मेटेर यो मेटिदैन
मेटेर यो मेटिदैन
पिरति लाउँछन् सबै पिरति भन्ने के हो
म त भन्छु प्रीत आँशु हाँसो पोखिएको गीत हो
माया माया भन्छन् सबै
वसन्त फेरेजस्तै पात पनि होइन माया
मनपरि हेरेजस्तै मात पनि होइन माया
वसन्त फेरेजस्तै पात पनि होइन माया
मनपरि हेरेजस्तै मात पनि होइन माया
मात पनि होइन माया
माया लाउने मान्छेहरू, माया भन्ने के हो
म त भन्छु माया मिलन र बिछोडको संगम हो
माया माया भन्छन् सबै
शब्दः हरिदेवी कोइराला
संगीत/स्वरः बाबा राणा