बोल्छ चरी……..

आऽऽऽऽऽऽऽ
आऽऽऽऽऽऽऽ
बोल्छ चरी त्यो रुखमाथि
जल्छ मेरो हृदय पोलेर
सम्झी सम्झी मनमा आउँछ
भनुँ भने सक्तिनँ किटेर
बोल्छ चरी त्यो रुखमाथि
जल्छ मेरो हृदय पोलेर
सम्झी सम्झी मनमा आउँछ
भनुँ भने सक्तिनँ किटेर

कुहु कुहु लुकेर बस्ने
भित्रभित्रै चरीको बोलीमा
कुहु कुहु लुकेर बस्ने
भित्रभित्रै चरीको बोलीमा
देखा परे पनि त होला
घुम्टो बरु नखोल भनुँला
सम्झी मनमा आउँछ
भनुँ भने सक्दिनँ किटेर

हृदयको वेदना मेरो
सुनाउने कसरी तिमीलाई
हृदयको वेदना मेरो
सुनाउने कसरी तिमीलाई
भनुँ भने सरम लाग्छ
नभनी म पाउन्न तिमीलाई
बोल्छ चरी त्यो रुखमाथि
जल्छ मेरो हृदय पोलेर
सम्झी सम्झी मनमा आउँछ
भनुँ भने सक्तिनँ किटेर
भनुँ भने सक्तिनँ किटेर

शब्दः म.बि.बि. शाह
संगीतः नातिकाजी
स्वरः पुष्प नेपाली र मीरा राणा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!