कति यस्ता क्षणहरू……..

कति यस्ता क्षणहरू आउँछन्
सबैलाई छाडेर जाऊँ
मनमा लाग्छ कहिले काँही
आफैदेखि भागेर जाऊँ

यो आकाशको विस्तारभन्दा टाढा
सागरको किनारभन्दा टाढा
यो आकाशको विस्तारभन्दा टाढा
सागरको किनारभन्दा टाढा
जहाँ चाहनाका लहरहरू नउठुन्
जहाँ सपनाका कोपिला नफुटुन्
कति यस्ता क्षणहरू आउँछन्

यी मानिसको कोलाहलभन्दा पर
जिन्दगीको आयामभन्दा भित्र
यी मानिसको कोलाहलभन्दा पर
जिन्दगीको आयामभन्दा भित्र
जहाँ हार जीतको आश त्रास नहोस्
जहाँ आफ्नै पनि आभास नहोस्
कति यस्ता क्षणहरू आउँछन्

शब्दः यादव खरेल
संगीतः नातिकाजी
स्वरः योगेश वैद्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!