छेकेको हुन्छ…….

छेकेको हुन्छ सागरलाई किनाराहरूले
छोपेको हुन्छ पहाडलाई उचाइहरूले
आकाशको पनि क्षीतिजलाई भन्दछ सिमाना
के साँध राखी म भन्नु मेरो मनको सिमाना

बताससित यो मेरो मन बतास भइदिन्छ
बादलसित उडेर कतै यो मन गइदिन्छ
गुडमा फर्कि आउँछ चरी सम्झेर ठेगाना
कसैले सोधे के भन्नु मैले मनको ठेगाना

कोसित सोधुँ मनले मेरो के होला खोजेको
आँखामा सधैँ सपना कस्तो यो मनले रोजेको
नदीको हुन्छ बिलाउने सागर निस्कने मुहान
कसैले सोधे के देखाऊँ मैले मनको मुहान
छेकेको हुन्छ सागरलाई किनाराहरूले
छोपेको हुन्छ पहाडलाई उचाइहरूले
आकाशको पनि क्षीतिजलाई भन्दछ सिमाना
कसैले सोधे के भन्नु मैले मनको सिमाना

शब्दः
संगीत/स्वरः अम्बर गुरूङ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!