ए फूल वसन्त बित्यो त के भयो
पतझडको उदासी हावामा पनि
अघिकै बासना चलि नै रहेछ
ए फूल वसन्त बित्यो त के भयो
फेरि पनि आउला वसन्त
फेरि पनि आउला वसन्त
पतझडको उदासी हावाले पनि
तिमीलाई घरिघरि सम्झाइरहेछ
ए फूल वसन्त बित्यो त के भयो
एकफेर दिन एकफेर रात
एकफेर साथ एकफेर घात
एकफेर दिन एकफेर रात
एकफेर साथ एकफेर घात
रातले अल्पेर दिनले झुल्केर
सबैलाई घरिघरि सम्झाइरहेछ
ए फूल वसन्त बित्यो त के भयो
पतझडको उदासी हावामा पनि
अघिकै बासना चलि नै रहेछ
ए फूल वसन्त बित्यो त के भयो
शब्द/संगीतः अम्बर गुरूङ
स्वरः शान्ति ठटाल