बिर्सिदिन खोज्दा पनि……

बिर्सिदिन खोज्दा पनि सम्झना आइरह्यो
हाँसी दिन खोज्दा खोज्दै गहभित्रै जलिरह्यो
बिर्सिदिन खोज्दा पनि सम्झना आइरह्यो
हाँसी दिन खोज्दा खोज्दै गहभित्रै जलिरह्यो
बिर्सिदिन खोज्दा पनि

चिताझै जलिरहेँ फेरि भेट्ने आश गरी
चिताझै जलिरहेँ फेरि भेट्ने आश गरी
खरानीझै उडिरहेँ सम्झनामा आकाशभरि
आगो निभाइ दिँदा पनि धुवाँ भने आइरह्यो
हाँसी दिन खोज्दा खोज्दै गहभित्रै जलिरह्यो
बिर्सिदिन खोज्दा पनि सम्झना आइरह्यो
हाँसी दिन खोज्दा खोज्दै गहभित्रै जलिरह्यो
बिर्सिदिन खोज्दा पनि

खोलाझै सुसाइरहेँ बिछोडमा एक्लै परी
खोलाझै सुसाइरहेँ बिछोडमा एक्लै परी
साउने भेल सरी बगि रात दिन आँखाभरि
बाँध बाँध्न खोज्दा पनि उनकै याद बगिरह्यो
हाँसी दिन खोज्दा खोज्दै गहभित्रै जलिरह्यो
बिर्सिदिन खोज्दा पनि सम्झना आइरह्यो
हाँसी दिन खोज्दा खोज्दै गहभित्रै जलिरह्यो
बिर्सिदिन खोज्दा पनि

शब्दः
संगीतः
स्वरः तारा देवी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण १४, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
Archives
Categories
Recent Posts
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण १४, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
error: Content is protected !!