हातमा चुरा निधारमा टिको न पोते गलामा
म कति टिपुँ आँशुको फूल बैँसको बेलामा
नि लै लै बैँसको बेलामा
हातमा चुरा निधारमा टिको न पोते गलामा
म कति टिपुँ आँशुको फूल बैँसको बेलामा
नि लै लै बैँसको बेलामा
बोलाए हुन्थ्यो बादलले सँगै म जान्थे उडेर
बोलाए हुन्थ्यो बादलले सँगै म जान्थे उडेर
लगेनी हुन्थ्यो खोलाले सँगै
लगेनी हुन्थ्यो खोलाले सँगै म जान्थे बगेर
नि लै लै म जान्थे बगेर
न साथीसंगी न मेलापात न फूली नाकैमा
म कति बसुँ हेरेर ऐना माइती देशैमा
नि लै लै माइती देशैमा
हातमा चुरा निधारमा टिको न पोते गलामा
म कति टिपुँ आँशुको फूल बैँसको बेलामा
नि लै लै बैँसको बेलामा
मुटुमा राख्थे खसमको माया छातीले छोपेर
मुटुमा राख्थे खसमको माया छातीले छोपेर
सिँगारी राख्थे खसमको रूप
सिँगारी राख्थे खसमको रूप सिउँदोमा भरेर
नि लै लै सिउँदोमा भरेर
दाउरा बल्छ अँगेनीभरि म बल्छु आँखामा
बुझ्दैन कोही मनको बह यो भीर पाखामा
नि लै लै यो भीर पाखामा
हातमा चुरा निधारमा टिको न पोते गलामा
म कति टिपुँ आँशुको फूल बैँसको बेलामा
नि लै लै बैँसको बेलामा
बैँसको बेलामा
नि लै लै बैँसको बेलामा
बैँसको बेलामा
नि लै लै बैँसको बेलामा
शब्दः दिनेश अधिकारी
संगीतः राम थापा
स्वरः सुनिता सुब्बा