लुकी लुकी……….

लुकी लुकी आँखा तिमी नजुधाऊ त्यसरी
यो मन त्यसै उडिदिन्छ कर्के नजरले
लुकी लुकी आँखा तिमी नजुधाऊ त्यसरी
यो मन त्यसै उडिदिन्छ कर्के नजरले

हर मौसममा तिमीबिना बिरानो लाग्छ मलाई
कस्तो असर पारिदियौ निठुरी हाँसी हाँसी तिमीले
मेरा जीवनका पाइलाहरूमा
मेरा इच्छा चाहनाहरूमा
तिमीलाई नै पाईरहेछु
लुकी लुकी आँखा तिमी नजुधाऊ त्यसरी
यो मन त्यसै उडिदिन्छ कर्के नजरले

मैले रचेका ति गीतहरूमा संगीत भई छाउनु तिमी
नीरस यो जीवनमा बहार बनि आउनु मायालु तिमी
मेरा जीवनका पाइलाहरूमा
मेरा इच्छा चाहनाहरूमा
तिमीलाई नै पाईरहेछु
लुकी लुकी आँखा तिमी नजुधाऊ त्यसरी
यो मन त्यसै उडिदिन्छ कर्के नजरले
लुकी लुकी आँखा तिमी नजुधाऊ त्यसरी
यो मन त्यसै उडिदिन्छ कर्के नजरले

शब्द/संगीत/स्वरः धिरज राई

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!