दिनको उज्यालोमा……..

दिनको उज्यालोमा लुकाइ राख्छु
रातको अँध्यारोमा नीर बहाउँछु म
मान्छेले भनुन् बिहानीको शीत हो यो
ओठलाई सधैँ सिइराख्छु
बह पोख्छु यी हरफहरूमा
सुन्नेले भनुन् कसैको गीत हो यो

आँखाले हेरे देखिदैँन
मेट्न खोजे मेटिदैँन
कुनै बुढो रोगजस्तो
बेला बेला बल्झिरहन्छ
दिलको छ घाउ पुरानो
सधैँ दुखिरहन्छ
दिनको उज्यालोमा लुकाइ राख्छु
रातको अँध्यारोमा नीर बहाउँछु म
मान्छेले भनुन् बिहानीको शीत हो यो

मुटु यति कमलो नभई
ढुङ्गाको गोला भईदिए
या काँचको एक टुक्रा भए
यो घाउ यहाँ हुने थिएन
छातीको भित्ता कमजोर नभए
आँखाको बाँध फुट्ने थिएन
दिनको उज्यालोमा लुकाइ राख्छु
रातको अँध्यारोमा नीर बहाउँछु म
मान्छेले भनुन् बिहानीको शीत हो यो
ओठलाई सधैँ सिइराख्छु
बह पोख्छु यी हरफहरूमा
सुन्नेले भनुन् कसैको गीत हो यो

शब्द: वसन्त थापा
सङ्गीत र स्वर: दीप श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!