हिमालसरि म……..

हिमालसरि म अग्लिरहेछु
समात समात समात मलाई
बादलसरि म पग्लिरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई
हिमालसरि म अग्लिरहेछु
समात समात समात मलाई
बादलसरि म पग्लिरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई

यी तारा कति छन् म गन्न सकुँला
यी तारा कति छन् म गन्न सकुँला
तर तिम्रो माया कति छ नसोध
जहाँ वरले पीपल अँगालेर बस्छ
जहाँ वरले पीपल अँगालेर बस्छ
तिम्रो मेरो साइनो त्यतैतिर खोज, त्यतैतिर खोज
दुलहीसरि म रङ्गिइरहेछु
उचाल उचाल उचाल मलाई
बादलसरि पग्लिरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई

म खोली बनेर सुस्तरी आउँला
म खोली बनेर सुस्तरी आउँला
तिम्रो सागरमा केही ठाउँ देऊ
तिम्रा सारा तृष्णा मै मेटिदिउँला
तिम्रा सारा तृष्णा मै मेटिदिउँला
मलाई तिमीमै समेटिन देऊ, समेटिन देऊ
आकाशसरि म फैलिरहेछु
अँगाल अँगाल अँगाल मलाई
बादलसरि म पग्लिरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई
हिमालसरि म अग्लिरहेछु
समात समात समात मलाई
बादलसरि म पग्लिरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई
सम्हाल सम्हाल सम्हाल मलाई
सम्हाल सम्हाल सम्हाल मलाई

शब्द/संगीतः गोपाल योञ्जन
स्वरः अरूणा लामा र नारायण गोपाल
चलचित्रः कान्छी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!