मैले जस्तै तिमीले पनि माया लगाई हेर
नमेटिने चिनो मेरो मुटुभित्र कोर
मैले जस्तै तिमीले पनि माया लगाई हेर
नमेटिने चिनो मेरो मुटुभित्र कोर
आकाशका चम्किएका ताराहरू जस्तै
खेलिरन्छ मनमा कुरा किन किन यसै
आकाशका चम्किएका ताराहरू जस्तै
खेलिरन्छ मनमा कुरा किन किन यसै
पस्न खोज्छ भाव मेरो तिम्रो छातीभित्र
नमेटिने चिनो मेरो मुटुभित्र कोर
लालिगुँरास फूलिदिए डाँडाकाँडा ढाक्छ
चोखो प्रीति लगाईदिए अमर माया बस्छ
लालिगुँरास फूलिदिए डाँडाकाँडा ढाक्छ
चोखो प्रीति लगाईदिए अमर माया बस्छ
सुसाईरन्छ मीठो माया दिल भित्रैभित्र
नमेटिने चिनो मेरो मुटुभित्र कोर
मैले जस्तै तिमीले पनि माया लगाई हेर
नमेटिने चिनो मेरो मुटुभित्र कोर
शब्दः युधिर थापा
संगीतः नातिकाजी
स्वरः रूबी जोशी