मैले पिरती लाएको छैन……..

मैले पिरती लाएको छैन
बिमलीले के बोली गएछ
मैले बाचा खाएको छैन
भारी बिसाई पर्खेर बसेछ
मैले पिरती लाएको छैन

साँगुरीको अकेलोपनमा दुमसीझै यो मन डुलाइनँ
साँगुरीको अकेलोपनमा दुमसीझै यो मन डुलाइनँ
पर्खि मैले बसेको होइन, मैले उसलाई देख्न नै पाइनँ
बादलको छहारी मुनि मैले फेरि भेटेको छइन
छोडी जाने परदेशीलाई आँट गरी बोलाउन सकिनँ
मैले पिरती लाएको छैन

नदीबीच बगेको खोला सागरमा विश्राम लिने छ
नदीबीच बगेको खोला सागरमा विश्राम लिने छ
सम्झनालाई कुल्चेर जाने बाटो भुलि फर्केर आउने छ
झ्यालबाट अँध्यारो च्यायो तारा बुट्टे छहारी मुन्तिर
केहीछिनमा फर्केर आई भारी बिसाई जाने छ कुन्तिर
मैले पिरती लाएको छैन
बिमलीले के बोली गएछ
मैले बाचा खाएको छैन
भारी बिसाई पर्खेर बसेछ
मैले पिरती लाएको छैन
बिमलीले के बोली गएछ
बिमलीले के बोली गएछ

शब्दः गोविन्द प्रसाद
संगीतः कल्याण रिमाल
स्वरः बिजु रिमाल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!