तिमीलाई हाँसेर बिदा…………

तिमीलाई हाँसेर बिदा मात्र दिईसकेथेँ
आँशु झरी सकेछन्
म तिन्लाई पुछ्न थालेँ
म तिन्लाई पुछ्न थालेँ
तिमी मलाई छोडी गईसकेको मात्र के थियौ
तिमी फर्कने दिन
म हतारिँदै गन्न लागेँ
म हतारिँदै गन्न लागेँ

यो दुई दिनको बिछोड पनि कति नमीठो
के बिर्सिए जस्तो हराए जस्तो नपुगे जस्तो
यो दुई दिनको बिछोड पनि कति नमीठो
के बिर्सिए जस्तो हराए जस्तो नपुगे जस्तो
मान्छेको हुलबीच पनि शून्यपन कस्तो
मान्छेको हुलबीच पनि शून्यपन कस्तो
ताराहरूलाई छोडी चन्द्र लुकिदिए जस्तो
तिमीलाई हाँसेर बिदा मात्र दिईसकेथेँ
आँशु झरी सकेछन्
म तिन्लाई पुछ्न थालेँ
म तिन्लाई पुछ्न थालेँ

यी दिन यी रातका हरपल नरमाइला
लाग्छ समय नै सुस्तिएर चलिदिए जस्तो
यी दिन यी रातका हरपल नरमाइला
लाग्छ समय नै सुस्तिएर चलिदिए जस्तो
ती मीठा गीतका धून पनि कति झर्को लाग्दा
ती मीठा गीतका धून पनि कति झर्को लाग्दा
फूल झरी काँडा मात्र बाँकी भईदिए जस्तो
तिमीलाई हाँसेर बिदा मात्र दिईसकेथेँ
आँशु झरी सकेछन्
म तिन्लाई पुछ्न थालेँ
म तिन्लाई पुछ्न थालेँ

शब्दः चाँदनी शाह
संगीतः नातिकाजी
स्वरः तारा देवी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!