नजरको नशा नजरले हाँसेर पिउन देऊ
अधरको सुधा अधरले पिएर जिउन देऊ
पिएर जिउन देऊ
नजरको नशा नजरले हाँसेर पिउन देऊ
अधरको सुधा अधरले पिएर जिउन देऊ
पिएर जिउन देऊ
यो रात, जून, यो मौसम
यो साथ झुम्यो रमझम
यो रात, यो जून, यो मौसम
यो साथ झुम्यो रमझम
मिल्ला नमिल्ला फेरि फेरि
मिल्ला नमिल्ला फेरि फेरि
बिते यो बेला एकदम
नजरको नशा नजरले हाँसेर पिउन देऊ
अधरको सुधा अधरले पिएर जिउन देऊ
पिएर जिउन देऊ
यो फूल, यो बास, यो जोवन
यो रूप, यो प्यास, यो धड्कन
यो फूल, यो बास, यो जोवन
यो रूप, यो प्यास, यो धड्कन
मस्ती घटाको हेरि हेरि
मस्ती घटाको हेरि हेरि
चन्चल हुन्छ दिल झन्
नजरको नशा नजरले हाँसेर पिउन देऊ
अधरको सुधा अधरले पिएर जिउन देऊ
पिएर जिउन देऊ
नजरको नशा नजरले हाँसेर पिउन देऊ
अधरको सुधा अधरले पिएर जिउन देऊ
पिएर जिउन देऊ
शब्दः रत्न शम्शेर थापा
संगीत/स्वरः माणिकरत्न