सबलाई रिझाऊँ भन्दा
आ आ आ….
भत्केको गोरेटोमा लाखौँ अभागी हिँड्छन्
सबलाई बाटो दिदाँ म भिरमा खसेछु
भत्केको गोरेटोमा लाखौँ अभागी हिँड्छन्
सबलाई बाटो दिदाँ म भिरमा खसेछु
सबलाई उठाऊँ भन्दा आफै पो टेकिएछु
मेरो कोही भएन सबैको म भएछु
मेरो कोही भएन सबैको म भएछु
सबलाई रिझाऊँ भन्दा
आ आ आ…..
पहाडको मुटु छामे साँचै नै ढुङ्गा रैछ
उम्लाऊ खुन भनेको मेरै मुटु फुटेछ
पहाडको मुटु छामे साँचै नै ढुङ्गा रैछ
उम्लाऊ खुन भनेको मेरै मुटु फुटेछ
जाडोले कक्रिएका मेरो प्यारो प्यारो सन्तान
सबलाई तताऊँ भन्दा मेरो घर पो सल्किएछ
मुर्दा जगाऊँ भन्दा आफै पो तर्सिएछु
मेरो कोही भएन सबैको म भएछु
मेरो कोही भएन सबैको म भएछु
सबलाई रिझाऊँ भन्दा
आ आ आ …
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः नारायण गोपाल