सबलाई रिझाऊँ भन्दा………..

सबलाई रिझाऊँ भन्दा
आ आ आ….

भत्केको गोरेटोमा लाखौँ अभागी हिँड्छन्
सबलाई बाटो दिदाँ म भिरमा खसेछु
भत्केको गोरेटोमा लाखौँ अभागी हिँड्छन्
सबलाई बाटो दिदाँ म भिरमा खसेछु
सबलाई उठाऊँ भन्दा आफै पो टेकिएछु
मेरो कोही भएन सबैको म भएछु
मेरो कोही भएन सबैको म भएछु
सबलाई रिझाऊँ भन्दा

आ आ आ…..

पहाडको मुटु छामे साँचै नै ढुङ्गा रैछ
उम्लाऊ खुन भनेको मेरै मुटु फुटेछ
पहाडको मुटु छामे साँचै नै ढुङ्गा रैछ
उम्लाऊ खुन भनेको मेरै मुटु फुटेछ
जाडोले कक्रिएका मेरो प्यारो प्यारो सन्तान
सबलाई तताऊँ भन्दा मेरो घर पो सल्किएछ
मुर्दा जगाऊँ भन्दा आफै पो तर्सिएछु
मेरो कोही भएन सबैको म भएछु
मेरो कोही भएन सबैको म भएछु
सबलाई रिझाऊँ भन्दा

आ आ आ …

शब्द/संगीतः गोपाल योञ्जन
स्वरः नारायण गोपाल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!