जनम जनम खोजेर …….

जनम जनम खोजेर मैले हजुरलाई पाएँ
मेरो मुटुको कसम आज मैले माया लाएँ
मेरो मुटुको कसम आज मैले माया लाएँ

साउती गर अब मलाई अनेक बात मीठो
अनन्तसम्म देऊ मलाई तिम्रो साथ मीठो
साउती गर अब मलाई अनेक बात मीठो
अनन्तसम्म देऊ मलाई तिम्रो साथ मीठो
तिमी लेखिदेऊ किताब मनको यो पानामा
म पढिरहुँ त्यसलाई अनि हरेक रात मीठो
म पढिरहुँ त्यसलाई अनि हरेक रात मीठो
जनम जनम खोजेर मैले हजुरलाई पाएँ
मेरो मुटुको कसम आज मैले माया लाएँ
मेरो मुटुको कसम आज मैले माया लाएँ

आँखाको पुल तरेर मेरो प्रीतको किनार आयौ
मेरो विश्वासको असिम आधार भएर आयौ
आँखाको पुल तरेर मेरो प्रीतको किनार आयौ
मेरो विश्वासको असिम आधार भएर आयौ
रित्तो थियो जीवनको फूलबारी धेरै दिन
अचानक उजेलो एउटा बहार भएर आयौ
अचानक उजेलो एउटा बहार भएर आयौ
जनम जनम खोजेर मैले हजुरलाई पाएँ
मेरो मुटुको कसम आज मैले माया लाएँ
मेरो मुटुको कसम आज मैले …..

शब्दः नोर्देन रूम्बा
संगीतः मणि कमल क्षेत्री
स्वरः अरूणा लामा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!