जनम जनम खोजेर …….

जनम जनम खोजेर मैले हजुरलाई पाएँ
मेरो मुटुको कसम आज मैले माया लाएँ
मेरो मुटुको कसम आज मैले माया लाएँ

साउती गर अब मलाई अनेक बात मीठो
अनन्तसम्म देऊ मलाई तिम्रो साथ मीठो
साउती गर अब मलाई अनेक बात मीठो
अनन्तसम्म देऊ मलाई तिम्रो साथ मीठो
तिमी लेखिदेऊ किताब मनको यो पानामा
म पढिरहुँ त्यसलाई अनि हरेक रात मीठो
म पढिरहुँ त्यसलाई अनि हरेक रात मीठो
जनम जनम खोजेर मैले हजुरलाई पाएँ
मेरो मुटुको कसम आज मैले माया लाएँ
मेरो मुटुको कसम आज मैले माया लाएँ

आँखाको पुल तरेर मेरो प्रीतको किनार आयौ
मेरो विश्वासको असिम आधार भएर आयौ
आँखाको पुल तरेर मेरो प्रीतको किनार आयौ
मेरो विश्वासको असिम आधार भएर आयौ
रित्तो थियो जीवनको फूलबारी धेरै दिन
अचानक उजेलो एउटा बहार भएर आयौ
अचानक उजेलो एउटा बहार भएर आयौ
जनम जनम खोजेर मैले हजुरलाई पाएँ
मेरो मुटुको कसम आज मैले माया लाएँ
मेरो मुटुको कसम आज मैले …..

शब्दः नोर्देन रूम्बा
संगीतः मणि कमल क्षेत्री
स्वरः अरूणा लामा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!