हाँगा हाँगा वनभरि चैत फुलेछ
थाहा नपाई मनभित्र बैँस फुलेछ
हाँगा हाँगा वनभरि चैत फुलेछ
थाहा नपाई मनभित्र बैँस फुलेछ
कता कता कसैलाई भेटे भेटेझै
सङ्लो पानी पिई तिर्खा मेटे मेटेझै
कता कता कसैलाई भेटे भेटेझै
सङ्लो पानी पिई तिर्खा मेटे मेटेझै
को हो को हो दुई आँखामा आई डुलेछ
थाहा नपाई मनभित्र प्रीत फुलेछ
एक जोडी आँखा सधै हाँसु हाँसुझै
एउटा माला फूल टिपी गाँसु गाँसुझै
एक जोडी आँखा सधै हाँसु हाँसुझै
एउटा माला फूल टिपी गाँसु गाँसुझै
कसो कसो बिहानीको नीद खुलेछ
थाहा नपाई मनभित्र प्रीत फुलेछ
हाँगा हाँगा वनभरि चैत फुलेछ
थाहा नपाई हम्…. बैँस फुलेछ
शब्दः हरिभक्त कटुवाल
संगीतः मणि कमल क्षेत्री
स्वरः अरूणा लामा